ट्रक खोलामा खस्दा दुई जनाको मृत्यु

01धादिङ । धादिङको महादेव खोलामा ट्रक पल्टँदा दुइ जनाको मृत्यु भएको छ । शनिबार बिहान हेटौडाबाट काठमाडौ जाँदै गरेको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेव खोलामा खस्दा ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका ७ का ट्रक चालक मोहनलाल धिताल र ट्रकमा सवार हेटौडा आमभञ्ज्याङ ७ का अविनाश घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा सहचालक हेटौडाका मनोज तामाङ, जीवन बुढाथोकी र सुमन बुढाथोकी घाइते भएका छन् ।

ना ५ ख ७७१७ नम्बरको ट्रक बिहान करिव १ बजे भुमिस्थान ९ को खयरबारीस्थित सडक खण्डबाट करिव ३० मिटर तल खोलामा खसेको स्थानियले बताएका छन् । घाइते तिनै जनालाई उपचारकालागि काठमाण्डौ पठाइएको छ । वर्षाका कारण चिप्लो भएको सडकमा तीब्र गतीमा गुडेको ट्रक खोलामा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: