ठूला गाडीमा कर्जा प्रोत्साहन

03काठमाण्डौ । ठूला सार्वजनिक सवारी साधन किन्न चाहने कम्पनीले न्युन भन्सार दरमा आयात गर्न पाउने सुविधाका साथै बैंकबाट ऋण लिनसमेत सजिलो हुने भएको छ । बिहीबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७२ र ७३ मौद्रिक नीतिमा ठूला सहरहरूमा सार्वजनिक सहरी यातायात सेवा संचालन गर्ने संगठित संस्थालाई प्रदान गरिने कर्जालाई समेत उत्पादनशील क्षेत्र कर्जामा गणना गर्ने व्यवस्था गरेर बैंकहरुलाई प्रोत्साहन गरिएको छ ।

बैंक वित्तिय संस्थाले कुल कर्जाको २० प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा गर्नै पर्ने व्यवस्था छ । बसलाई पनि यसमा राखिएपछि बैंकहरु लगानी गर्न उत्प्ररित हुने बुझाइ केन्द्रीय बैंकको छ । ‘बैंकहरु उत्प्रेरित भएर ब्याजदर वा सेवा शुल्कमा केहि सुहुलियत पनि दिन सक्छन,’ राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले भने ।

गभर्नर नेपालले प्रस्तुत गरिएको मौद्रिक नीतिको वित्तीय क्षेत्र सुधारको नियमन तथा सुपरिवेक्षण अन्तरगत ७१ बुँदामा भनिएको छ,‘काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा सार्वजनिक शहरी यातायात सेवा संचालन गर्ने संगठित संस्थालाई प्रदान गरिने कर्जालाई समेत उत्पादनशील क्षेत्र कर्जामा गणना गर्ने व्यवस्था गरिने छ ।’ आजकोे कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: