तीन जनालाई सम्मान

downloadभद्रपुर । ड्राइभिङ्ग स्कुल संघ मेची अञ्चल कमिटी झापाले संघमा आवद्ध सदस्यका उत्कृष्ट सन्तती सम्मानबाट ३ जनालाई सम्मान गरेको छ । संघले प्रवेशीका परीक्षा २०७१ मा उत्कृष्ट अंक प्राप्त गर्ने शशिम बजगाई, आषिश द्यौराली र अविक गुरुङ्गलाई जनही २ हजार ५ सय नगद सहित सम्मान गरेको हो ।

संघका अध्यक्ष रमेश ताम्राकारको सभापतित्वमा तथा संघका केन्द्रीय सदस्य विनोद बजगाईको प्रमुख आतिथ्यमा शनिवार संघको कार्यलयमा सम्पन्न कार्यक्रममा आर्थिक अभावले रोगको उपचार गर्न नसकेकी शिव सताक्षी नगरपालिका ७ की ७ वर्षीया बालिका सोनिमा भुजेललाई नगद ६ हजार ५ सय आर्थीक सहयोग सहित सम्मान गरेको थियो ।

सोही कार्यक्रममा दुर्गा उच्च मावि गरामनीका दृष्दिविहिन विद्यार्थीका लागि वाद्य वादन सामग्री खरिद गर्न ११ हजार १ सय ५१ रुपैया नगद सहयोग गरेको थियो । कार्यक्रममा संघका वरिष्ठ सल्लाहकार डिकबहादुर नेम्वाङ्ग, पूर्व केन्द्रीय सदस्यद्धय युवराज द्यौराली, सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । संघका सचिव राजन मगरले स्वागत गरेको कार्यक्रमको संचालन सहसचिव चन्द्र मीश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: