पद हस्तान्तरण कार्यक्रम सम्पन्न

rotariभद्रपुर । रोटरी क्लब अफ भद्रपुरको शुक्रवार साँझ दोस्रो वर्षको पद हस्तान्तरण सम्पन्न भएको छ । सन् २०१४÷१५ का लागी प्रेसिडेन्ट इलेक्ट रोटरियन राजकुमार पोखरेलको अध्यक्षता र झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सन् २०१४÷१५ का प्रेसिडेन्ट रोटरियन किशोर पराजुलीले २०१५÷१६ का प्रेसिडेन्ट पोखरेललाई पद हस्तान्तरण गरेका थिए । हरेक वर्षको जुलाई देखि जुन महिना सम्मको एक वर्षे कार्यकाल रहने रोटरीको विधान रहेको छ ।

पोखरेललाई पराजुलीले रोटरी प्रेसिडेन्ट कलर लगाएर सफथ ग्रहण गराउदै क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल हस्तान्तरण गरेका थिए । पोखरेलले पदभार ग्रहण सँगै नयाँ प्रेसिडेन्टको स्वीकारोत्ति मन्तव्य सहित सन् ०१५÷१६ का लागी आफ्नो ११ सदस्यीय नयाँ कार्य समितिलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल लागायतले मन्तव्य राखेका थिए । सरकारले उद्योगी आदित्य पराजुलीलाई उत्कृष्ठ यूवा उद्यमीबाट पुरस्कृत गरेको भन्दै रोटरीले सम्मान गरेको थियो । रोटरीले भद्रपुरमा रहेर विभिन्न सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: