मृतकको टाउको, कलेजो, फोक्सो र आन्द्रा भेटिएन

घोराही । दाङमा हत्या गरिएकी एक महिलाको हत्याराले टाउकोसहित भित्री अंगसमेत वेपात्ता पारेको पाइएको छ । ५६ बषिर्या देवकी विश्वकर्माको घोराही नगरपालीका ४ चौघेराको श्रीकृष्ण टोलमा हत्या गरी टाउकोसहित कलेजो, फोक्सो र आन्द्रा वेपत्ता पारेको हो ।

त्रिपुर नगरपालीका ४ सौरी निवासी दाजु डम्बरबहादुर विश्वकर्माको घरमा बस्दै आएकी देवकी बिहिबार बहिनीको घर चौघेरामा आएकी थिईन । उनको शुक्रबार बिहान भान्सा घरमा विभत्स हत्या भएको अबस्थामा शब भेटिएको थियो ।

hatya
बहिनी विमला बिश्वकर्माले दिदी देवकी मानसिक रोगी भएको र पहिले देखि नै सोही भान्सा घरमा बस्दै आएको जानकारी दिईन । शवको पोष्टमार्टम गर्दा देवकीको टाउको, कलेजो, फोक्सो र आन्द्रा फेला नपरेको पोष्टमार्टममा संलग्न राप्ती उपक्षेत्रिय अस्पतालका डा. अभय पोख्रेलले जानकारी दिए ।

घटना भएको दुई दिन भएपनि अझै हत्यारा र अंगहरु फेला परेका छैनन् । हत्यारा र अंगको खोजीका लागि प्रहरी र स्थानीय लागि परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी रन्जितसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: