मेनपावरले ठगि नगरेको दावी

unnamedबिर्तामोड । मेनपावर सञ्चालकले ठगी गरेको भन्दै पत्रकार सम्मेलन गरेका खजुरगाछी – ८ का राकेश पाण्डेलाई मेनपावर सञ्चालकले पटक–पटक रकम लिन बोलाउँदा आफु रकम नलिने बताएका छन् ।

झापामा सञ्चालनमा रहेको एक मेनवारले २ महिना अगाडी ७० हजार रुयौयाँ लिएर उनलाई बैदेशिक रोजगारीमा पठाउने भएकोे थियो । पाण्डेले रकम दिएको केहि दिनपछि घरायासी समस्याले गर्दा आफु बैदेशिक रोजगारमा नजाने भन्दै रकम माग गरेको मेनपावर सञ्चालक प्रदीप राउतले बताए ।

राउतले भने‘– बैदेशिक रोजगारीमा नजाने भनेपछि मैले बिर्तामोडबाट काठमाण्डौ आइएमइ मार्फत ५० हजार रुयौया राकेश पाण्डेका नाममा पठाएको छु । आइएमई भौचर समेत देखाउदै राउते भने ‘ पछि पासपोर्टसहित ५ हजार लगेका थिए ।’

अब उनले पाउने १५ हजार रुपैयाँ लिन उनलाई पटक–पटक बोलाउदा समेत उनी पैसा लिन नआई पत्रकार सम्मेलन गरेर आफुलाई बदनाम गर्न लागी परेको सञ्चालक राउतले जानकारी दिए । राउतले उनी रकम लिन आए कुनैपनि समय दिन तयार रहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: