मोदीलाई केजरीवालको धम्की, ‘बिहारमा पनि दिल्लीकै जस्तो हालत बनाइदिन्छु’

kejriwal-and-modiएजेन्सी । ९ साउन–दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले बिहारमा मोदीको विरुद्धमा प्रस्तुत हुने बताएका छन् । मोदीमाथि कडा रुपमा प्रस्तुत हुँदै केजरीवालले भने, ‘मोदीको दिल्लीमा जस्तो हालत भयो बिहारमा पनि उस्तै हालत बनाइदिन्छु ।’

उनले मोदी सरकारले दिल्ली सरकारलाई काम गर्न नदिएको आरोप लगाए । प्रधानमनी मोदी शनिबार विहारमा जाँदै छन् । मोदी विधानसभा चुनावमा भारतीय जनता पार्टीका चर्चित प्रचारक हुन् । दिल्लीका ७० सिटमा केजरीवालको पार्टीले ६७ सिट जितेको थियो । तर पनि उनले त्यहा भनेजस्तो काम गर्न सकिरहेका छैनन् ।

कजरीवालले दिल्लीको जस्तै नतिजा बिहारमा पनि हुने र त्यहाँ भारतीय जनता पार्टीलाई हराउन आफू गाउँगाउँसम्म चुनाव प्रचारमा जाने बताएका छन् । बिहारमा २४३ सिटका लागि विधानसभाको निर्वाचन अक्टुवरमा हुने बताइएको छ । आफूलाई काम गर्न नदिएको भन्दै केजरीवालले निरनतर रुपमा मोदीमामाथि आरोप लगाउँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: