लोकेन्द्र विष्टको नजरमा प्रचण्डका १० कमजोरी

prachanda photoकाठमाण्डौ । पदबाट राजीनामा दिएर बसेका एमाओवादी नेता लोकेन्द्र विष्ट मगरले प्रचण्डका गल्ति कमजोरी औल्याएका छन् । मगरको नजरमा प्रचण्डका कमजोरी यस्ता छन ।
१. कथित सन्तुलनको नाममा सांगठनिक कमाण्ड गुमाए ।
२. मूल नेतृत्व र हेर्डक्वाटर टिमबाट कार्यशैलीगत त्रुटि बढ्दै जानु ।
३. प्रचण्डमा आवश्यकता भन्दा बढी उदारता, उदासीनता र तदर्थता रहेको छ । एउटै प्रदूषित घेराभित्र कैद हुनु ।
४. स्वार्थीहरुको फुबुट्टेदार रिपोर्ट सुन्ने बानी प्रचण्डमा छ ।
५. कुरामा गुट भत्काउने, व्यवहारमा गुटका झुण्डहरु जन्माउने ।
६. भनाइ र लेखाइमा सामूहिक नेतृत्व, व्यवहारमा एक्लै भ्याइदिने ।
७. जनवादी केन्द्रीयताको कुरा घोक्रो सुक्ने गरी गर्छन् प्रचण्ड तर व्यवहारमा एकाहोरो प्रवचन दिन पाउँदा रमाउँछन् ।
८. एमाओवादीभित्र जातीवाद, व्यक्तिवाद, स्थानीयतावाद मौलाएका छन् । प्रचण्ड टुलुटुले हेरिमात्रै रहन्छन् ।
९. दोस्रो संविधानसभामा पराजयको कारण पनि प्रचण्ड वा पार्टी हेडक्वाटरबाट भएको अन्तर्घात नै हो ।
१०. पार्टीमा मुखीया र जिम्मल शैली व्याप्त छ ।
आजको मार्गदर्शन दैनिकबाट

प्रतिक्रिया दिनुहोस्: