साधारण सभा सम्पन्न

bhadrapur mapभद्रपुर । चन्द्रगढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रगढीको आठौँ वार्षिक साधारण सभा शनिवार चन्द्रगढीमा सम्पन्न भएको छ । सहकारी संघ झापाका प्रतिनिधी देवी प्रसाद दहालकोे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा संस्थाका अध्यक्ष भवकृष्ण न्यौपानेले गत वर्ष संस्थाले ८ लाख ६५ हजार ३ सय २७ रुपैया आय र व्ययमा ७ लाख ९८ हजार ९ सय ५९ रुपैया वरावरको कारोवार सहितको विवरण प्रस्तुत गरेका थिए ।

४ सय ५८ जना शेयर सदस्य रहेको संस्थाको १३ लाख ३८ हजार ५ सय शेयर पूँजी रहेको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले वार्षीक प्रतिवेदनमा ६६ हजार ३ सय ६८ रुपैया नाफा गरेको देखाएको छ ।

संस्थाका अध्यक्ष भवकृष्ण न्यौपानेको अध्यक्षता तथा सहसचिव महेश न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष घनश्याम अधिकारी, स्वर्गद्धारीका भिष्म भट्टराई, प्रकाशका डिल्लिराम अधिकारी, ज्ञानोदयका खड्ग नारायण श्रेष्ठ लगाएतका बचत तथा ऋण सहकारीका प्रतिनिधीले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्: