असन्तुष्ट दलसँग पनि वार्ता गरिने

char dalकाठमाण्डौ । प्रमुख चार राजनीतिक दल जनताका सुझावका आधारमा संविधानको मस्यौदामा छुटेका विषय समेट्न र कतिपय विषय सच्याउन सैद्धान्तिक रुपमा सहमत भएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार साँझ बसेको चार दलका अध्यक्षको बैठकले संविधान निर्माण प्रक्रियामा सहभागी नभएका असन्तुष्ट दल तथा समूहसँग पनि छलफल गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।

बैठकमा संविधानका विवादित विषयमा जेठ २५ गते भएको १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारमात्र सहभागी थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: