एउटै औषधिको मूल्यमा ७३ प्रतिशतसम्म फरक

ausadiकाठमाण्डौ । सरकारी अस्पतालले चलाएका र निजी फार्मेसीमा एउटै औषधिको मूल्यमा आकाश–जमिनको फरक देखिएको छ । निजी फार्मेसीले सर्वसाधारणबाट झन्डै ७३ प्रतिशतभन्दा बढी मूल्य असुलिरहेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चले वीर अस्पताल परिसरभित्र सञ्चालित निजी फार्मेसी र महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको फार्मेसीले बिक्री गर्ने औषधिको मूल्यबारेमा तुलनात्मक अध्ययन गरेको थियो । एकै दिन एकै समयमा दुई फार्मेसीमा बिक्री गरिएका औषधिको अध्ययन गरिएको हो ।

सरकारी निर्णय कार्यान्वयन भएन

निजी फार्मेसीहरूको बेथिति बढ्दै गएपछि सरकारले सबै अस्पतालको आफ्नै फर्मेसी हुनुपर्ने नीतिगत व्यवस्था गरेको थियो । तर, सबै सरकारी अस्पतालले समेत फार्मेसी राखेका छैनन् ।

वीर अस्पतालमा अहिले पनि निजी फार्मेसी छ । त्यस्तै भरतपुर अस्पताल र पोखराको क्षेत्रीय अस्पतालमा पनि निजी फार्मेसीले नै औषधि बिक्री गरिरहेका छन् । सरकारले ७० प्रकारका औषधि निस्शुल्क वितरण गर्ने व्यवस्था गरेको छ । तर, ती अस्पतालका आफ्नै फार्मेसी नभएपछि बिरामी र तिनका आफन्त महँगोमा औषधि किन्न बाध्य छन् । सामान्यतया अस्पताल भर्ना भएका बिरामीको उपचार खर्चमध्ये ४० प्रतिशत औषधिमा खर्च हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: