घरजग्गा व्यवसायीहरु संगठित

unnamedबिर्तामोड । घरजग्गा व्यवसायलाई मर्यादित, व्यवस्थित र समय सापेक्ष बनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा घरजग्गा व्यवसायीहरु संगठित भएका छन् ।
व्यवसायीहरुको शनिवार बिर्तामोडमा भएको भेलाले व्यवसायिक हकहितका साथै व्यवसायको गरिमा बढाउनका लागि “प्रपर्टी डिलर्स एशोसिएशन नेपाल (पिडिएएन)” संस्थाको नामाकरणसहित उनीहरु संगठित भएका हुन् । भेलाले राजकुमार राईलाई एशोसिएशनको अध्यक्षमा चयन गरेको छ ।

संस्थाको प्रथम उपाध्यक्षमा भरत ओडारी, द्वितीय उपाध्यक्षमा अर्जुन उप्रेती, महासचिवमा सिद्धार्थ नवीन उप्रेती, सचिवमा डेशरकिरण राई, कोषाध्यक्षमा प्रकाश पुरी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गोमा खतिवडा, राधादेवी श्रेष्ठ, बिनोद श्रेष्ठ, चन्द्र कट्टेल, मनबहादुर मगर, विशाल निरौला, देवीचन राई, गोविन्द दुलाल, देवराज सेन, पाल्देन शेर्पा र प्रेमकुमार खरेल रहेका छन् ।

प्रथम भेला भएको हुनाले सबैलाई समेट्न नसकिए पनि आगामी दिनमा उक्त व्यवसायमा आवद्ध सबै व्यवसायीलाई समेटेर अघि बढ्ने एशोसिएशनले जनाएको छ । भेलामा संगठन विस्तार र भावी कार्ययोजना समेत प्रस्तुत गरिएको महासचिव सिद्धार्थ नवीन उप्रेतीले जानकारी दिए । उनका अनुसार घरजग्गा व्यवसाय गर्नेहरु यसरी पहिलोपटक संगठित भएका हुन् । संस्थाले व्यवसायीहरुको हकहितका साथै घरजग्गा बेच्न र खरिद गर्न चाहनेहरुलाई सहज, सरल र भरपर्दो सेवा उपलब्ध गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: