पाँचथर साक्षर नेपाल जिल्ला घोषणा

pachtharपाँचथर । पाँचथरलाई देशकै १८ औँ तथा पूर्वाञ्चलको पहिलो साक्षर नेपाल जिल्ला घोषणा गरिएको छ

सरकारकोे सन् २०१७ भित्र देशलाई नै साक्षर बनाउने अभियानअन्तर्गत जिल्लामा रहेका १५ देखि ५९ वर्ष उमेर समूहका ११ हजार ४१४ जना निरक्षर साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गरिएको हो ।

शिक्षा कार्यालयले जिल्लाम १४ हजार २२३ जना निरक्षर पहिचान गरेको थियो । यद्यपि दुई हजार ८०९ जना भने साक्षर भएका छैैनन् । उनीहरुलाई पनि क्रमिक रुपमा साक्षर बनाउँदै लैजाने जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो ।

साक्षर अभियानको उल्लेखित मापदण्ड पुगेपछि साक्षर घोषणा गरिएको बताइएको छ । मापदण्डमा जिल्लाको कुल जनसङ्ख्यामध्ये ९५ प्रतिशतभन्दा बढी साक्षर भए साक्षर जिल्ला भएको मानिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्: