फर्केनन् चिनियाँ ठेकेदार

chiniya jhandaकाठमाण्डौ । भुकम्प गएको ३ महिना बित्न लाग्दा पनि ठूला जलविद्युत आयोजनाका ठेकेदार काममा फर्किएका छैनन् । यसबाट ती आयोजनाको समय र लागत बढ्ने निश्चित छ ।

त्यसलाई रोक्न विद्युत प्राधिकरण तथा यसका सहायक कम्पनीसँग भरपर्दो पुर्नउत्थान योजना (रिकभरी प्लान) भने छैन । गत बैशाख १२ मा गएको भुकम्पपछि काममा नर्फकने चिनीयाँ ठेकेदारमा १ सय ११ मेगावाटको रसुवागढीका सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई), १ सय २ मेगावाटको मध्य भोटेकोशीको सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार ग्वाङ्छी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरो, ६० मेगावाटको माथिल्लो त्रिशुली थ्रीएका ठेकेदार चाइना गजुबा ग्रुप कर्पोरेसन (सीजीजीसी) र ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीका सिभिल ठेकेदार सिनो हाइड्रो छन् ।

ती कम्पनीले भुकम्पको पराकम्पन गइरहेको तथा बाढी पहिरोको जोखिम भएको भन्दै कम्तिमा वर्षाअघि काममा फर्किन नसक्ने बताएका छन् । आयोजना सम्बद्ध स्रोतका अनुसार रसुवागढीका ठेकेदार सीडब्लूईले भुकम्पलाई कारण बनाउँदै आयोजना निर्माण अवधि २ वर्ष थपिदिन पत्राचार गरेको छ ।

मध्य भोटेकोशीका ठेकेदार ग्वाङ्छीले कम्तिमा १७ महिना समय थपिदिन आग्रह गरेको छ । यी दुवै आयोजना प्राधिकरणको सहायक कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीको भगिनी कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनीले निर्माण गरिरहेका छन् ।

यी दुवै कम्पनीले ठेकेदारको समय थप्ने प्रस्ताव स्वीकार गरिसकेको छैन । ’ठेकेदारलाई १७ महिना समय थप्न सक्दैनौं भनेका छौं,’ मध्य भोटेकोशीका प्रबन्ध निर्देशक माधव कोइरालाले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: