बाबुरामलाई प्रचण्डको कटाक्ष

prachanda-baburamकाठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पार्टी बिगारेको आरोप लाउनेलाई शनिबार एउटा कार्यक्रममा कटाक्ष गरेका छन् । पार्टीमा अधिकांश नेता तथा कार्याकर्ताहरुले अध्यक्षका कारणले पार्टी बिग्रिएको आरोप लगाउन थालेपछि प्रचण्डले यसरी कटाक्ष गरेका हुन् ।

शनिबार पेरिसडाँडामा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मुतिसभामा प्रचण्डले पार्टी बिग्रनुमा दोषजति सबै आफूलाई थोपरेको प्रति असन्तुष्टि जनाए । विचार, लाइन र कार्य्दिशा सबै एक भए पनि पार्टी एक नभएको भन्दै उनले भने, हामी एकै ठाउँ उभिँदा केही फरक छैन् ।

उनले बाबुरामलाई लक्षित गर्दै कुरा एकातिर र काम अर्को्तिर गरिरहेको आरोप लगाए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: