बिर्तामोडका बिन्दल अपहरणमा संलग्न फरार अभियुक्त पक्राउ

apaharanबिर्तामोड । बिन्दल अपरण काण्डमा संलग्न फरार अभियुक्त सरस्वता तामाङलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त तामाङलाई प्रहरीले शनिवार राति इटहरीबाट पक्राउ गरेको हो ।

धरमपुर– ४ स्थाई घर भएकी तामाङ घटना भए पश्चात इटहरी बस्दै आएको सुराकी प्रहरीले पाएको थियो । सुराकी पाएलगतै गए राती उनि पक्राउ परेकी हुन् । २२ बर्षीय तामाङ काँकडभिट्टाबाट अपहरणमा परेका बिर्तामोडका व्यापारी सुनिल कुमार बिन्दलको उद्धार गरिए लगतै फरार बनेकी थिइन् ।

सो घटनामा संलग्न मेचीनगर १० का बजरंग पन्सारी सहित बिर्तामोड नगरपालिका–७ का केशब फूयल, भारतको आसाम राज्य कोक्राझार अठियाबारीका राजकुमार थापा, आसामकै चिराङका फौदसिंह तामाङ्ग र धरमपुर ३ पाराबारीका भुवन कार्की पक्राउ परेका थिए ।

पक्राउ परेकाहरुलाई पुरपक्षका लागी थुनामा राखिएको छ भने मुद्धा लिल्ला अदालतमा चलाइएको प्रहरीले जनाएको छ । सो काण्डमा अपहरितलाई मुक्त गर्ने क्रममा प्रहरी र अपहरणकारी बिच गोली हानाहान हुँदा एक प्रहरी अधिकारी सहित २ जना घाइते समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्: