चट्याङ लागेर महिलाको मृत्यु

chatyangताप्लेजुङ । ताप्लेजुङको नाल्बु गाविसमा चट्याङ लागेर आईतबार एक महिलाको मृत्यू भएको छ ।
खेवाङ ९ घर भएकी तारामान लिम्बुकी श्रीमती २० वर्षीया सोनिला शेर्पाको नाल्बु ९ स्थित माईती घर आउने क्रममा दिउँसो चट्याङ् पर्दा बाटोमा नै मृत्यू भएको ताप्लेजुङका प्रहरी प्रमूख प्रहरी नायव उपरीक्षक (डीएसपी) शान्तिराज कोईरालाले जानकारी दिए ।

घटनाको बारे स्थानीयले प्रहरीलाई बेलुका मात्र खबर गरेकाले घटनास्थल तर्फ प्रहरी परिचालन गरिएको र घटनाका बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: