चेकिङमा प्रहरीको लाठी प्रहार, दुई गम्भीर

imagesपोखरा ।  हस्पिटल चोकमा सवारी चेक जाँचका क्रममा दुर्घटना हुँदा दुई जना घाइते भएको छन्। हस्पिटल चोकमा सवारी जाचँका लागि बसेको प्रहरीले स्कुटर चालकलाई लाठी प्रहार गर्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सवारी जाँचका लागि बसेका एक प्रहरी र स्कुुटल चालक घाईते भएका छन् । घाइते दुबैको पश्चिमाञ्चल अस्पताल पोखरमा उपचार भइरहेको छ। घाइते हुनेमा स्कुटर चालक २३ वर्षका उत्तम गुरुङ र प्रहरी जवान मणिकुमार लिम्बु छन् ।

गुरुङको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका छने भने लिम्बुको हात, ढाडमा चोट लागेको छ । चेकिङ छलेर भाग्न खोजेको भन्दै प्रहरीले लाठी प्रहार गरेको प्रत्यक्षदर्शि नवदिप ढुङ्गानाले जानकारी दिए ।

उनले लाठी प्रहारबाट सन्तुलन गुमेको स्कुटरले प्रहरीलाई ठक्कर दिएको थियो भने चालकको टाउको पोलमा ठोकिएको बताए । दुर्घटनापछि केहि बेर स्थानीय र प्रहरीबीच भनाभन समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: