तयारी अवस्थामा रहेको भारतीय सुर्ती बरामद

surtiभद्रपुर । वडा प्रहरी कार्यालय भद्रपुरले ६४ किलो तयारी अवस्थामा रहेको भारतीय सुर्ती बरामद गरी आइतवार आन्तरिक राजश्व कार्यालयमा बुझाएको छ । भारतीय बजारबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउने क्रममा झापाको भद्रपुर–१ महेशपुर स्थित मेची किनारवाट ती सामग्री बरामद गरि आइतवार आन्तरिक राजश्व कार्यालय भद्रपुरलाई बुझाएको हो ।

बरामद सुर्ती कुनैपनी ब्राण्ड उल्लेख नभएको १ किलो दरका ६४ पोका सामनबाट ६४ हजार मूल्य बराबरको राजश्व जम्मा भएकोे प्रहरी निरीक्षक राकेश कुमार पोदारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: