तराईमा कडा खडेरी

khaderiबारा । तराईका खेतहरुमा असार १५ मा रोपाइँ सुरु हुन्थ्यो । साउनको पहिला सातासम्ममा सकिन्थ्यो । यसपालि साउनको दोस्रो साता लागिसके, अधिकांश खेत बाँझै छन् । कारण हो खडेरी ।

बारा कचोर्वा–३४ का राजेश्वर साह कलवारले यो साता ट्युवेलको पानी किनेर रोपाइँ गरे । ‘पानी किन्दा कट्ठामा १५ सय पर्यो । ’उनले भने, ‘धान सप्र्यो भने बढीमा दुई हजारको फल्ला । त्यो पनि भगवान भरोसे । ’ कसैका बिउ सुक्यो । कसैका बुढिइसक्यो ।

पानी पर्दैन । सिँचाई सुविधा अति कमलाई छ । पर्खिएर पार नलाग्ने भएपछि किसानहरुले पानी किनेरसमेत रोपाई गर्न थालेका हुन् । समस्या बाराको मात्र होइन, मध्य तराईका सबैजासो जिल्लामा हालत यहि छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: