देउवा पर्सि दिल्ली जाने

serbahadur deuwaनयाँ दिल्ली । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल दिल्ली दौडाहाबाट फिरेलगत्तै अर्का पूर्व प्रधानमन्त्री एवं कांग्रेस नेता शेरबहादुर देउवाको दिल्ली भ्रमणको टुङ्गो लागेको छ ।

निकटस्थ स्रोतका अनुसार आगामी साउन १३ गते बुधबार अपरान्ह दिल्ली उत्रने देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरन्द्र मोदी, विदेश मन्त्री सुषमा स्वराजसाग भेटवार्ता गर्ने तालिका निश्चित भएको् छ ।

देउवाले प्रधानमन्त्री मोदीसाग शुक्रबार अपरान्ह भेट गर्ने कार्यक्रम छ । देउवा ५ दिने भ्रमण पूरा गरेर साउन १८ मा काठमाडौं फिर्नेछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: