नवलपरासीको कुडियामा अर्को बालक पनि बेपत्ता

girl, barrier, prohibition, shutout, distinctness, otherness, problemनवलपरासी । नवल परासीको कुडिया गाउँबाट हराएका अर्का बालकलाई पनि बलि दिइ हत्या गरिएको आशंका अभिभावक र गाउँलेले गरेका छन् । पत्याउन नसकिने घटनापछि गाउँलेले हराएका छिमेकी बालक पनि ‘देउतालाई चढाएको’ आशंका गरेका हुन् । गाउँबाट १ वर्षअघि हराएका १४ वर्षीय मगरु भनिने पुर्नवासी हरिजन पनि कोदाईका छिमेकी हुन् ।

उनको अहिलेसम्म पत्तो छैन । हराउनुअघि मगरु कोदाईसँगै घुम्ने गरेको उनका बाबु रामनयनले बताए । ‘उनीहरूसँगै घुम्थे, रक्सी पनि खुवाउथे,’ बाबुले भने, ‘पछि बेपत्ता भयो ।’ मगरुकी आमा सिम्रिकका अनुसार सोनुको शव फेलापछि आक्रोसित गाउँलले अभियुक्तलाई कुटपिट गरेका थिए ।

‘उनीहरू (अभियुक्त) लाई समातेर अहिलेसम्म कति जनालाई र्मायौं भनेर सोध्यौं,’ उनले कान्तिपुरसित भनिन् ‘तिनीहरूले ३ जना देउतालाई चढाएको सुनाए ।’ उनले छोराको हत्या भएरनभएको छानबिन गर्न माग गरिन् । तस्बिर देखाउँदै उनले भनिन्, ‘४ छोरामध्ये कान्छो थियो, वर्ष दिन भयो, फेला परेन ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: