पन्जाबमा आतंकवादी हमला, कम्तिमा ६ को मृत्यु

gurdaspur_attackकाठमाण्डौ । पन्जाबको गुरदासपुरमा सशस्त्र समूह र सुरक्षाकर्मीहरुबीच गोली हानाहान हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । सोमबार विहान जम्मु जाँदै गरेको यात्रुबसमा सशस्त्र समूहले पहिले आक्रमण गरेको थियो ।

सेनाको पोशाक लगाएका लडाकूहरुले त्यसलगत्तै दीनानगर पुलिस चौकी कब्जा गरेका थिए । त्यसपछि सेना र सशस्त्र समूहबीच गोली हानाहान भएको थियो । मानवबस्ती बीचमा रहेको पुलिस चौकीमा घुसेर सशस्त्र लडाकूहरुले भारतीय सुरक्षाकर्मीहरुमाथि आक्रमण जारी राखेका छन् ।

उनीहरुले चौकीमा रहेको हतियार र विष्फोटक पदार्थ प्रयोग गरिरहेको बताइएको छ । घटनास्थलमा सेनाको टोली परिचालन गरिएको छ । सेनाले सशस्त्र लडाकूहरुलाई नियन्त्रणको प्रयास जारी राखेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: