भट्टराई सहित ५१ एमाओवादीमा प्रवेश

imagesबिर्तामोड । नेकपा एमालेका बिर्तामोड नगर कमिटि सदस्य सहित ५१ जना नेता कार्यकर्ता पार्टी परित्याग गरि एमाओवादीमा प्रवेश गरेका छन् । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच नगर कमिटिका सदस्य एवं आदिवासी फ्रयाक्सन इन्र्चाज दिपेश भट्टराई सहितका नेता तथा कार्यकर्ताले एमाओवादीमा प्रवेश गरेका हुन् ।

एमाओवादी प्रवेश गर्नेमा भट्टराई सहित प्रभुराम पोखरेल, लक्ष्मण बस्नेत, बिशाल नेम्वाङ्ग, बिशाल राजवंशी, पारस बास्तोला, महमद अलि, सरिता लामा, सिता भण्डारी, बिनोद चौधरी, सञ्जय पौडेल लगायत रहेका छन् ।

एमाले परित्याग पछी जारी गरेको बिज्ञप्तीमा राजनीतिक परिवर्तनको मुख्य संवाहक तथा कम्युनिष्ट आन्दोलनको मुल प्रवाह एमाओवादीमा गोलबन्ध भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: