मानव तस्करको नयाँ रुट, दिल्ली प्रमुख ट्रान्जिट

pakrauकाठमाण्डौ । भारतको दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलको ट्रान्जिट क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि ७ नेपाली युवतीलाई प्रहरीले नियन्त्रणमा लियो। विमानस्थलको क्लोज सर्किट टेलिभिजनबाट अनुगमन गरिरहेका भारतीय सुरक्षा अधिकारीले उनीहरूलाई सोधपुछ गरे ।

जवाफमा उनीहरूले आफूहरू कुर्दिस्तान जान लागेको बताए। विमानस्थल प्रहरीले २० देखि ३१ वर्ष उमेर समूहका ती युवतीलाई नियन्त्रणमा लिएर विमानस्थलको अध्यागमनमा बुझाउँदा उनीहरूको राहदानीमा दुबईको टुरिस्ट भिसा देखियो। छानबिनमा विमानस्थलको बोर्डिङ पाससमेत शंकास्पद देखियो।

त्यसपछि २ भारतीयलाई पक्राउ गरी केरकार गर्दा ती नेपाली युवतीलाई कुर्दिस्तानको आवरणमा दुबईको डान्सबारमा काम गराउन लैजान लागेको खुल्यो । इन्दिरा गान्धी विमानस्थलमा ५ दिनअघि भएको यो घटनापछि नेपाली युवतीलाई खाडी मुलुकमा जोखिमपूर्ण काममा लैजाने मानव तस्करहरूले रुट फेर्दै अफ्रिकी मुलुकको आवरण लिने गरेको खुल्यो ।

भारतस्थिल नेपाली दूतावासका प्रहरी सहचारी एसएसपी राजेन्द्रमान श्रेष्ठका अनुसार नियन्त्रणमा लिइएका नेपाली युवतीलाई मानव तस्करीमा सक्रिय दलालले स्थलमार्गबाट अहमदावाद हुँदै दिल्ली र्पुयाएका थिए ।

मानव तस्करीमा सक्रिय समूहले नेपाली युवतीलाई स्थलमार्गबाट भारत हुँदै त्यहाँबाट हवाईमार्गबाट खाडी मुलुकमा पुर्यासउने घटना बढेपछि नेपाल–भारतका गृह अधिकारीबीच हवाईमार्ग छलेर स्थलमार्गको प्रयोगमा रोक लगाउने सहमति भएको थियो ।

पाँच महिना अगाडि भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले दुबईको यौन बजारमा काममा लगाउन भारतको दिल्ली हुँदै नेपाली युवतीको अवैध ओसारपसार हुने गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

दिल्ली विमानस्थल हुँदै वर्षमा ८ हजारसम्म नेपाली युवती जोखिमपूर्ण काममा खाडी मुलुकमा तस्करी हुने गरेको रिपोर्ट आएपछि नेपाल सरकारले पनि विशेष चासो लिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: