मोटरसाइकलको ठक्करले एकको मृत्यु

motarनवलपरासी । नवलपरासीको माकर २ मा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार पूर्वबाट पश्चिम जांदै गरेको लु १२ प ३४ ७७ नम्बरको मोटरसाइकलले पैदल यात्री बर्दघाट नगरपालिका ११ बस्ने २१ बर्षीय विक्रम पंगेनीलाई ठक्कर दिंदा घाइते भई पृथ्वी चन्द अस्पताल परासीमा उपचारको क्रममा राति १० बजे मृत्यु भएको हो ।

सोही दुर्घटना परी तिलकपुर ६ निवासी मोटरसाइकल चालक ३० बर्षीय युगलाल कुवर गम्भीर घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: