यी हुन्, बिहेभन्दा अघि गर्भवती हुने बलिउड अभिनेत्री

shri-deviएजेन्सी । फिल्म जगतमा कलाकारको एक अर्कासँग प्रेम सम्बन्ध हुनु स्वभाविक हो । तर, के तपाईलाई थाहा छ ?, प्रेम सम्बन्ध चलिरहेका बेला बलिउडका केही अभिनेत्री गर्भवती भएका थिए । छैन भने यी हुने ति अभिनेत्री जो बिहेभन्दा पहिला नै गर्भवती बनेका थिए ।

१. श्री देवीः यी बलिउडमा आफ्नो समयको सबैभन्दा बढी सफल अभिनेत्रीका रुपमा चिनिन्छिन् । तर, यो कुरा कमैलाई मात्र थाहा होला कि उनी बिहेभन्दा पहिले नै गर्भवती भएकी थिइन् । १९९६ मा श्री देवी र बोनी कपूरको बिहे हुँदा उनी ७ महिनाकी गर्भवती थिइन् ।

२. कोंकणा सेनः बंगालकी सुन्दरी अभिनेत्री सेनको जीवनको भित्री रहस्य थोरैलाई मात्र थाहा होला । उनले २०१० मा आफेना ब्याइफ्रेन्ड रणवीर शौरीसँग बिहे गरिन् । बिहे गरेको ६ महिनामै उनले एक बच्चालाई जन्म दिएकी थिइन् ।

३. अमृता अरोडाः अमृता आफ्नो ब्याफ्रेन्ड शकीलसँग लामो समयसम्म अफेयरमा थिइन् । सम्बन्ध चलिरहेका बेला उनले अचानक २००९ मा बिहे गरिन् । जसको कारण थियो उनको पेटमा भएको बच्चा । भारतीय मिडियामा यसको त्यस समय खुबै चर्चा पाएको थियो ।

४. वीना मलिकः वीना मलिक बिस बोसपछि चर्चामा आएकी अभिनेत्री हुन् । उनी आफ्नो पहिलो ब्याइफ्रन्डबाट गर्भवती भएकी थिइन् । तर, उनले २०१३ मा यस कुरालाई बाहिर आउन नदिई दुबईका एक बिजनेस म्यानसँग विवाह गरिन् ।

५. नीना गुप्ताः नीना १९८० को समयमा बेस्ट इंन्डिजका क्रिकेटर विवियन रिचर्डस्सँग प्रेममा थिइन् । उनीहरुको सम्बन्ध लामो समयसम्म चलेन तर, सम्बन्धले चिनोको रुपमा एउटा छोरी दियो ।

प्रतिक्रिया दिनुहोस्: