सीबी युनिकनको बिक्री शुरु

01बिर्तामोड । स्याकर ट्रेडिङ कम्पनी प्रालीले होण्डा ब्राण्डको सीबी युनिकन १६० मोडलको मोटरसाइकल झापाको बिर्तामोडबाट सोमबारदेखि बिक्रीबितरण शुरु गरेको छ ।
स्याकर कम्पनीको आधिकारिक बिक्रेता बुद्ध इन्टरप्राइजेजले बिर्तामोडमा पत्रकार सम्मेलन गरी बिक्री बितरण शुरु गरेको जनाएको हो ।

बुद्ध इन्टरप्राइजेजको आयोजना तथा नेपाल मेकानिक्स ट्रेड यनियन, मोटरसाइकल इलाका कमिटी बिर्तामोडको सहभागितामा चारपानेमा कार्यक्रम गरिएको थियो ।
सो मोटरसाइकल भारतमा यस अघि नै लन्च गरिसकेको कार्यक्रममा बताइएको छ ।

युवाबर्गमा छाप छोड्न सफल १६३ सीसीको मोटरसाइकलको दमदार इन्जिन, इको टेक्नोलोजीको कारणले पाइने अविश्वसनीय माइलेज, स्टाइलिस्ट लुक, आकर्षक डिजाइन र स्पोर्टी फिचरले अन्य मोटरसाइकल भन्दा अलग भएको कम्पनीको दावी छ ।

२ लाख ३७ हजार ९ सय रुपैयाँ कायम गरिएको यस मोटरसाइकलमा फुल्की डिजीटल मिटर बक्स, एच आकारको टेल–लाइट, फ्रन्ट कावेलमा रहेको थ्री डी इम्ब्लेम, एरोडाइनामिक पेट्रोल टं्यांकी, आकर्षक हेडलाइट, स्पोर्टी साइलेन्सर, रहेको जनाइएको छ ।

यसमा ट्यवलेस टायर, कम्बाईन्ड ब्रेकिङ्ग सिस्टम, मोनो सस्पेन्सनले गर्दा चलाउदा आरामदायी र सुरक्षित भएको महसुस गराउने साथै एचइटेलका कारण सर्वोत्कृष्ट माइलेज दिने कार्यक्रममा बताइएको छ । कार्यक्रममा मोटरसाइकलको टेस्ट राइड समेत गरिएको थियो ।

कार्यक्रममा कपुरी ग्रुपकी लक्ष्मीदेबी कपुरी, डाइरेक्टर प्रकाश कपुरी, सञ्चालक रोशन कपुरी, नेपाल मेकानिक्स ट्रेड युनियनका अध्यक्ष दिपेश बस्नेत लगायतले मोटरसाइकलको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै डाइरेक्टर कपुरीले भने–‘ आफ्नै ठाउँमा यस मोटरसाइकलको लन्च गर्न पाउदा धेरै खुसी लागेको छ ।’ उनले मोटरसाइकलको बिक्री गर्न शुरु गरेको १२ बर्ष भएको बताए । यस मोडलको मोटरसाइकलको लन्चीङ्ग देशभर सोमबार नै भएको बताए ।

प्रतिक्रिया दिनुहोस्: