हत्याको पाँच दिन पछि मकैबारीमा टाउको भेटियो

Biswakarmaदाङ । दाङमा गत बिहिबार हत्या गरिएकी देवकी बिश्वकर्माको टाउको पाँच दिन पछि मकैबारीमा गाडिएको अबस्थामा फेला परेको छ । घोराही नगरपालीका ४ चौघेरामा ५६ वर्षीया देवकीको विभत्स हत्या भएको थियो ।

घटनास्थलमा शरिर फेला परे पनि टाउको, कलेजो, फोक्सो र आन्द्रा भेटिएको थिएन । हत्या अभियोगमा सोही ठाउँका ज्वाई नाता पर्ने ३८ वर्षीय रमेश विश्वकर्मालाई खुकुरीसहित पक्राउ गरेपछि उनकै बयान अनुसार खोजी गर्दा टाउको भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आईतबार देउखुरी सतबरीया गाबिस २ कप्तानगञ्जबाट रमेशलाई खुकुरी सहित पक्राउ गरेको थियो । रमेशको वयानका आधारमा घटना भएको ६ सय मिटर पूर्व मकैबारीमा सोमबार गाडिएको अबस्थामा टाउको फेला परेको दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले जानकारी दिए ।

कलेजो, फोक्सो र आन्द्रा भने भेटिएको छैन । टाउको गाडेको स्थान देखाए पनि मानसिक रोगी रहेका रमेशले अरुले नै हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । सोधपुछको क्रम जारी रहेको र थप अनुसन्धान भैरहेको प्रहरी प्रबक्ता डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए । मानसिक रोगी रहेकी देवकी २५ बर्षदेखि त्रिपुर ४ सौरीमा दाजु डम्बरबहादुर बिश्वकर्माको घरमा बस्दै आएको र बिहीबार बहिनी विमला बिश्वकर्माको घरमा आएको बेला हत्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: