एघार सय ६० जना अपराधी पक्राउ

spबिर्तामोड । झापामा आर्थिक वर्ष २०७१÷०७२ मा ११ सय ६० जना अपराधी पक्राउ परेका छन् । २ सय ६० जना अझै फरार रहेका छन् । भर्खरै झापामा कार्यभार सम्हाल्न आएका एसपी ठाकुरप्रसाद ज्ञवालीले बिर्तामोडमा आज पत्रकारहरुसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् ।

एसपी ज्ञवालीले झापामा ३५ देखि ५० वर्ष उमेर समूहकाले बढी आत्महत्या गर्ने गरेको तथ्यांक देखाएका छन् । गत आर्थिक वर्षमा सो उमेर समूहका ६६ जनाले आत्महत्या गरेको उनले बताए । श्रीमान श्रीमतीले एक अर्कालाई घुक्र्याउँदा आत्महत्या गर्नेको संख्या बढेको हुन सक्ने उनको अनुमान छ ।

त्यसैगरी गत आर्थिक वर्षमा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको प्रहरीको तथ्यांक छ । प्रहरीका अनुसार गत आर्थिक वर्षमा मोटरसाइकल दुर्घटनाको संख्या ८७ छ । जनपथ प्रहरीले गत आर्थिक वर्षमा भन्सार चोरी तस्करीबाट ३ करोड ९३ लाख २ हजार ३ सय ४० रुपैयाँ राजश्व संकलन गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्: