कलामको निधनमा अभिताभ र लत्तासहित धेरै कलाकारले शोक ब्यक्त गरे

big lataमुम्बई(एजेन्सी) । भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको निधन सोमवार बेलुका सिलाङ्गमा भएको थियो । निधनको खबर सुन्ने बित्तिकै अमिताभ बच्चन, शाहरुख खान, लता मंगेशकर, सलमान खान, अनुपम खेर, डाइरेक्टर सुभाष घई, अजय देवगन, श्रीदेवी, अर्जुन कपूर समेत धेरै अभिनेता तथा अभिनेत्रीले उनीप्रति शोक व्यक्त गरेका थिए ।
अमिताभ बच्चनले ट्वीटरमा लेखेका छन् – brilliant mind, a child like demeanour, simple caring and loved by all ex POI passes away…..PRAYERS

 

त्यसैगरी लता मंगेशकरले उनलाई श्रद्धांजलि दिदै ट्वीट गरेकी छिन् ‘ भरखरै मलाई खबर आएको छ कि हाम्रा पूर्व राष्ट्रपति, भारत रत्न डा. एपीजे अब्दुल कलाम जी को दुखद निधन भएको, यो सुनेर मलाई धेरै दुःख लागेको छ, म उनलाई धेरै नजिकबाट चिन्दछु, उनी धेरै ठूला साइन्टिस्ट थिए, राम्रा मानिस थिए, साथै धेरै राम्रा कवि पनि थिए, म उनलाई श्रद्धांजलि अर्पित गर्छु, ं, ईश्वर उनको आत्मालाई शान्ति देउ ।’ 

abdul

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: