झापामा बिप्लव माओवादीका २० जना पक्राउ

biplab moustबिर्तामोेड । मसाल जुलुस निकाल्ने बिप्लव माओवादीका २० जना नेता तथा कार्यकर्तालाई सोमवार झापाको बिर्तामोडबाट प्रहरी पक्राउ गरेको छ । नेपाल बन्द गराउने क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै बिप्लव माओवादीले बिर्तामोडमा मसाल जुलुस निकालेको थियो ।

मसाल जुलुस प्रदर्शन गरेको भन्दै डिएसपी सञ्जय राउतको कमाण्डमा आएको प्रहरी टोलीले नेकपा माओवादी झापाका सेक्रेटरी बिवस किराती सहितका नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा युवा संगठनका मेची इन्चार्ज ताराबिर थापा, उप ब्युरो सदस्य दिपक लकान्द्री (दर्शन), बिद्यार्थी नेता सुमनसिंह पौडेल, नरेन सुब्बा, ज्वाला राई, हिमाल थापा, सकल लिम्बु, लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: