धिमाल कमिटिको अध्यक्षमा सुरेन्द्र

dhimalबिर्तामोड । स्थानीय युवा सुरेन्द्र धिमालको नेतृत्वमा धिमाल जाति विकास केन्द्र नेपालको १३ सदस्यीय शनि–अर्जुन नगर कमिटी गठन भएको छ । सोमवार एक भेलाले उपाध्यक्षमा कुशि धिमाल, सचिवमा निलकुमार धिमाल, सह–सचिवमा प्रदिप धिमाल र कोषाध्यक्ष्मा खिनमाया धिमाललाई सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै गीता धिमाल, सज्जनकुमार धिमाल, असारु धिमाल, केम्पा धिमाल, हंशलाल धिमाल, राजेन्द्र धिमाल लगायतलाई सदस्यमा चयन गरेको छ । केन्द्रका १ नम्बर क्षेत्रिय समितिका अध्यक्ष चन्द्रकान्त धिमालको प्रमुख आतिथ्यमा भएको भेलाले पूर्णकुमार धिमाल, लोकलाल धिमाल र मुखमेल धिमाललाई सल्लाहकार चयन गरेको छ ।

आदिवासी जनजाती महाँसंघका नगर उपाध्यक्ष मुखमेल धिमालले स्वागत मन्तब्य राखेको कार्यक्रममा इलाका नम्बर १ का अध्यक्ष चन्द्रकान्त धिमाल, मनोज रैका थापामगर, धनबहादुर धिमाल लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: