नेपाल –भारत सीमामा झडप

01काठमाण्डौ । नेपाली भूमिबाट बगेको कुलो भारतीयले जबर्जस्ती भत्काइदिएपछि पर्साको ठोरीमा सोमबार दिनभनर नेपाली र भारतीयबीच झडप भएको छ । नेपाल भारत सीमामा रहेको ठूटेखोलाको कुलाका विषयमा विवाद हुँदा भारतीयले नेपाली भूमिभित्र पसरे नेपालीमाथि आक्रमण गरेका हुन् ।

भारतीयको आक्रमणबाट एक प्रहरी जवानसहित चार नेपाली गम्भीर घाइते भएका छन् । घाइते हुनेमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी जवान नन्दलाल महतो, पर्सा निर्मला वस्तीका नाराणप्रसाद पाठक, चन्द्रंबहादुर मिजार र तिलकबहादुर बस्नेत छन् ।

प्रहरी जनवाव महताको टाउको फुटेको र उनलाई थप उपचारका लागि चितनवको भरतपुर पठाइएको इप्रका ठोरीका प्रहरी निरीक्षक धुवबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: