शोलेका गब्बरसिंहका पात्रको हिजो २३ औ पुन्यतिथि

gphoto_facb9fdaeeमुम्बई(एजेन्सी) गब्बर सिंहको नामले देशदेखि बिदेशीका नाम परिचित अमजद खानको हिजो २३ औ पुण्यतिथि थियो । उनको निधन २७ जुलाई,१९९२ मा मुम्बईमा भएको थियो । १२ नबेम्बर १९४० मा जन्मेका अमजद खानको अभिनय कला विरासतमा मिलेको थियो ।

उनका पिता जयन्त फिल्ममा खलनायकको भुमिकामा काम गरिसकेका थिए । उनले आफ्नो अभिनय जीवनको शुरु १९५७ मा फिल्म ‘अब दिल्ली दूर नहीं’देखि गरेका थिए । यस फिल्ममा उनले बाल कलाकारको भूमिका निभाएका थिए ।

उनलाई चर्चीत फिल्म ‘शोले’ मा उनले गरेकोे गब्बर सिंहको अभिनयले उनलाई सफल बनायो । त्यसपछि उनले धेरै फिल्ममा खलनायक, कमेडियन सहित अलग–अलग भुमिकामा काम गरे । उनले ‘चरस’, ‘परवरिश’, ‘आखिरी गोली’, ‘राम कसम’, ‘मुकद्दर का सिकंदर’, ‘याराना’, ‘हम से बढ़कर कौन’, ‘वक्त की दीवार’, ‘कुर्बानी’, ‘लावारिस’, ‘दादा’ सहित धेरै फिल्ममा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: