साउथ अभिनेता धनुषले ऐश्वर्यासँग गरेका थिए बिबाह

dhanushमुम्बई(एजेन्सी) ‘कोलावरी डी’ गीतदेखि रातारात चर्चामा आएका अभिनेता धनुष ३२ बर्षका भएका छन् । धनुषको जन्म २८ जुलाई, १९८३ मा चेन्नईमा भएको थियो । धनुषको असली नाम वेंकटेश प्रभु कस्तूरी राजा हो ।

उनी साउथ सिनेमाका मशहूर डाइरेक्टर कस्तूरी राजाका छोरा हुन् । उनले १८ बर्षको उमेरमा आफ्ना पिताले डाइरेक्शन गरेको फिल्म ‘थुल्लुवाधो इलामाई’ देखि अभिनयको क्षेत्रमा पाइला टेकेका हुन् । साउथ फिल्मको साथ–साथै उनले ‘राझंणा’ र ‘शमिताभ’ जस्ता बलीउड फिल्ममा पनि काम गरिसकेका छन् ।

धनुषको ऐश्वर्यासँग पहिलो भेट :

साउथ सुपरस्टार रजनीकांतकी छोरी ऐश्वर्याले नोबेम्बर २००४ मा धनुषसँग बिबाह गरेकी थिइन् । दवैजनाको पहिलो भेट धनुषको फिल्म ‘काधाल कोन्दें’ को स्पेशल स्क्रीनिंगमा भएको थियो ।

फिल्ममा धनुषको परफर्मेंसदेखि खुशी भएर ऐश्वर्याले दोस्रो दिन उनलाई बुक पठाएर सम्पर्कमा रहन भनेकी थिइन् । ठीक एकबर्ष पछि दुवैजनाले बिबाह गरेका थिए । ऐश्वर्या धनुष भन्दा दुईबर्ष जेठी छिन् ।

प्रतिक्रिया दिनुहोस्: