छोरालाई विष खुवाउने काकी पक्राउ

khotang mapखोटाङ । भतिजालाई विष खुवाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । जेठाजुका ४ वर्षीय छोरा युशन भट्टराईलाई विष खुवाउने दोर्पा्चिउरीडाँडा– ७ की २२ वर्षीया विमला भट्टराई पक्राउ परेकी हुन् ।

घरमा जेठाजुसँग विवाद भएपछि आफूसँगै विद्यालय गएका भतिजालाई मुसा मार्ने विष खुवाउने विमलालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदराज खरेलले बताए ।

उनलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको खरेलले बताए । ‘विमलाले भतिजालाई मार्ने उद्देश्यले मुसा मार्ने विष खुवाएको बताएकी छन्’ खरेलले भने, ‘उनलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ ।’

घरमा भएको विवादपछि उनले आइतबार दिउँसो विद्यालयमै मुसा मार्ने विष खुवाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । विष खुवाइएका युशनको जिल्लामा उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत काठमाडौं पु¥याइएको छ । काठमाडौंको कान्ति बाल अस्पतालमा उपचार भइरहेको बिरामीका बुबा युवराज भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्: