दान गरेको रगतमा खतरनाक जीवाणु

ragatकाठमाण्डौ । रक्तदानबाट संकलित रगतमा खतरनाक जीवाणुसमेत फेला पर्ने गरेको छ । नेपाल रेडक्रस सोसाइटीले संकलन गरेको एक हजार ८ सय ६७ युनिट रगतमा जीवाणु भेटिएको हो ।

रगतमा एचआइभी पाजेटिभ, हृपाटाइटिस बी, हेपाटाइसिस सी, सिफलिसको जीवाणु भेटिएको हो । यो जीवाणुसहितको रगत कुनै विरामीलाई दिएमा ज्यान बाच्नेभन्दा मृत्यु हुने स्रभावना बढी हुन्छ । नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्: