बिप्लवको बिर्तामोडमा मार्चपास (फोटो फिचर)

बिर्तामोड । भारत र चिनबीच भएको लिपुलेक सम्झौता र प्रमुख चार राजनीतिक पार्टी बीच भएको १६ बुँदे समझदारी खारेजिको माग गर्दै बिप्लव नेतृत्वको नेकपा माओवादीले झापाको बिर्तामोडमा बुधवार बेलुका मार्चपास गरेको छ ।

राष्ट्रिय युवा जनस्वयंसेवक मेची उपब्युरोको आयोजनामा मंगलवार दमकबाट सुरु भएको मार्चपास आज बिर्तामोड आइपुगेको हो । सो मार्चपास भोली भद्रपुरमा हुने आIMG_20150729_175219योजकले जनाएको छ ।

१० औँ दिनमा ताप्लेजुङमा समापन हुने मार्चपासमा ५० जना जती युवाको सहभागिता रहेको छ । लिपुलेक सम्झौताको बिरोधमा बिप्लव सम्बद्ध नेकपा माओवादीले नेपाल बन्द, मसाल जुलुस तथा मार्चपास गर्दै आएको छ ।

मार्चपासमा उत्रिएका युवाहरुले पर्चा बितरण समेत गरेका छन् । पर्चामा राष्ट्रीय स्वाधिनताको रक्षा, १६ बुँदेद्धारा नेपाली जनतालाई लाद्न खोजिएको संसदीय ब्यवस्थाको बिरुद्धमा प्रतिक्रान्तिको प्रतिवाद गर्न, भष्ट्राचारको भण्डाफोर र खवरदारी गर्न मेची युवा जागरण अभियान चलाइएको उल्लेख छ । IMG_20150729_175308IMG_20150729_175236

प्रतिक्रिया दिनुहोस्: