मधेसी मोर्चाद्वारा संविधानसभा बहिष्कार

madhesकाठमाण्डौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध सभासद्ले संविधानसभाको आजको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै संविधानसभा अध्यक्षसग समय मागेर सद्भावना संसदीय दलका नेता लक्ष्मणलाल कर्णले बोल्दै मस्यौदा मन्थनका नाममा नाटक भइरहेको भन्दै बहिष्कार गर्ने बताए ।

‘यो छलफल प्रक्रियासंगत छैन, मस्यौदाले मधेसी, दलित, जनजाति, महिला कसैलाई पनि प्रतिनिधित्व गर्दैन,’ कर्णले भने, ‘यो नाटकको पात्र बन्न हामी तयार छैनौं, त्यसैले सभा बहिष्कार गर्छौं ।’

सभाबाट बाहिरिएपछि इकान्तिपुरसँग कुरा गर्दै कर्णले आफूहरुले हल्ला गर्दागर्दै सभाध्यक्षले बैठक जारी राखेपछि बाहिरिनुको विकल्प नभएको बताए । नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले पेश गरेको राय सुझाव प्रतिवेदनमाथि अहिले बैठकमा छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्: