हिन्दु राज्यको माग गर्दै नवलपरासी, चितवन र रुपन्देही बन्द

hindu-4नवलपरासी । हिन्दु राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका हिन्दु धर्मावलम्वीहरुले बुधबार बन्द आव्हान गरेका छन् । बन्दकर्ताहरु कावासोतीको फलफूल चोकमा सडकमा ओमकार लेखेर प्रदर्शनमा उत्रिएका छन् ।

बन्दका क्रममा पसलहरु खुल्न सकेको छैन । त्यस्तै बन्दको प्रभाव चितवन र रुपन्देहीमा पनि परेको छ । आन्दोलनकारीले आज रुपन्देही, नवलपरासी र चितवन बन्द आव्हान गरेको हो । बन्दका कारण चितवन र रुपन्देहीमा पनि सवारी साधन चल्न सकेका छैनन् ।

त्यस्तै नवलपरासीमा केही फाट्टफुट्ट ट्रकहरु सञ्चालनमा आएपनि प्रहरीले कावासोतीमा रिफ्रेस सेन्टरमा लगेर राखिदिएको छ । त्यस्तै चितवनमा पनि सवारी साधन ठप्प रहेको छ । नारायणगढबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्: