अपडेट– आइसीसी वर्ल्ड क्रिकेट लिग, नेपाल ३ रनले पराजित

paras-scotland_20150729073922काठमाण्डौ । आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको खेलमा बुधबार नेपाल स्कटल्यान्डसँग ३ रनले पराजित भएको छ । स्कटल्यान्डले दिएको २ सय ३६ रनको लक्ष्य लिएर खेलेको नेपाल ५ विकेटको क्षतिमा २३२ रन मात्र जोड्न सक्यो । वर्षाका कारण ५० ओभरको खेल छोट्याएर ३६ ओभरमा झारिएको थियो । टस जितेर नेपालले पहिलो फिल्डिङ रोजेको थियो ।

………………….

३३ ओभरमा नेपालले १ सय ९६ रन बनाएको छ । नेपालको अहिलसम्म २ विकेट मात्र क्षति भएको छ ।

………………

स्कटल्यान्डले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याइरहेको नेपालले २९ ओभरमा २ विकेट गुमाएर १५३ रन बनाएको छ । जीतका लागि नेपाललाई ४२ बलमा ८३ रन आवश्यक ।नेपालका लागि अनिल मण्डलले अर्धसतक पूरा गरेका छन् । वर्षाका कारण ३६ ओभरमा खेल छोट्याइएको छ ।

………………..

१९ ओभरमा नेपालले २ विकेट गुमाएर ८४ रन बनाएको छ । १७ औं ओभरमा दोस्रो विकेटका रुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । १८ रन बनाएर ज्ञानेन्द्र आउट भएपछि कप्तान पारस अहिले क्रिजमा आएका छन् ।

पहिलो विकेटका रुपमा महेश क्षेत्री २१ रन जोडेर आउट भएका थिए । अहिले पारससँग अनिल मण्डल क्रिजमा छन् । आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा टस जितेर फिल्डिंग रोजेको नेपाललाई स्कटल्यान्डले ३६ ओभरमा २ सय ३६ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ५० ओभरको खेल छोट्याएर ३६ ओभरमा झारिएको छ ।

………………..

आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको खेलमा स्कटल्यान्डले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ । निर्धा्रित ३६ ओभरको खेलमा ७ विकेट गुमाएर स्कटल्यान्डले उक्त लक्ष्य दिएको हो । ५० ओभरको खेल भए पनि वर्षाका कारण खेल ३६ ओभरमा छोट्याइएको छ ।

………………..

३६ ओभरमा स्कटल्यान्डको ७ विकेट गुमाई २३५ रन । स्कटल्यान्डद्वारा नेपाललाई २ सय ३६ रनको लक्ष्य

……………

नेपाललाई सातौं सफलता । पारस खडकाले ३५ औं ओभरमा विकेट लिएका छन् ।

……………….

धेरै प्रतिक्षापछि नेपालले छैटौं सफलता पाएको छ । ३४ औं ओभरमा सोमपाल कामी विकेट लिन सफल भएका छन् ।

……………

३३ ओभरमा स्कटल्यान्डको ५ विकेट गुमाई २०१ रन । ३६ ओभरको खेल

…………….

३० ओभरमा स्कटल्यान्डको ५ विकेट गुमाई १६५ रन । ३६ ओभरको खेल

……………..

२५ ओभरमा स्कटल्यान्डको ५ विकेट गुमाई १२० रन । ३६ ओभरको खेल

…………….

स्कटल्याण्ड विरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ । नेपालले रन आउटका रुपमा यो विकेट लिएको हो ।

…………..

स्कटल्याण्ड विरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । बसन्त रेग्मीले दोस्रो विकेट लिँदै यो सफलता दिलाएका हुन् । यसअघि कप्तान पारस र करण केसीले एक(एक विकेट लिएका छन् ।

स्कटल्याण्डले १८ ओभरमा ९२ रन बनाएको छ ।

…………..

आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको खेलमा स्कटल्यान्ड विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन् भने कप्तान पारसले दोस्रो विकेट लिएका हुन् ।

स्कटल्यान्डले १० ओभरमा १ विकेट क्षतिमा ५६ रन बनाएको छ । ५० ओभरको खेल भए पनि वर्षाका कारण खेल छोट्याएर ३६ ओभरमा छोट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्: