कास्कीको लुम्लेमा भिषण पहिरो, २० घर बगायो,   सयौँ बेपत्ता

pahiroपोखरा । कास्कीको लुम्लेमा गएराति  भीषण  पहिरो जाँदा झण्डै २० घर पुरिएका छन् । वर्षातसँगै राति १ बजेर ५ मिटेनमा पहिरो गएको हो । स्थानीय श्रीप्रसाद देवकोटाका अनुसार छभाई टोलबाट खसेको पहिरो माझघर हुँदै पृथ्वी राजमार्गमा थुप्रिएको छ ।

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो माथि ३ वटा शव देखिएको देवकोटाले बताए । केही मानिस हराइरहेका छन् । पहिरोले लुम्लेका ४, ५ र ६ नम्वर वडा प्रभावित भएका छन् । पहिरो खस्ने क्रम अझै नरोकिएकाले मानिसहरु त्रासमा रहेको देवकोटाले बताए ।

यसैबीच जिल्ला प्रहरी कार्यालय कास्कीले उद्धारका लागि टोली परिचालन गरिएको जनाएको छ । पहिरोबाट भएको भौतिक र मानवीय क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्: