क्रान्तिकारीको शिक्षा कार्यालय झापामा तालाबन्दी

sikxiya karyalaye jhapaबिर्तामोड । अखिल क्रान्तिकारीले झापाको जिल्ला शिक्षा कार्यलयमा तालाबन्दी गरेको छ । बिप्लव सम्बद्ध क्रान्तिकारीका केन्द्रीय सदस्य सुमनसिंह पौडलको नेतृत्वमा गएको बिद्यार्थी समुहले झापा जिल्ला सिक्षा अधिकारिको कार्यकक्षमा बिहिवार तालाबन्दी गरेको हो ।

क्रान्तिकारीले निजि सिक्षण सस्थाहरुले मन परि शुल्क बृद्धि गरेको, सहमतीहरु कार्यन्वयन नगरेको भन्दै चेतावनीपुर्ण बिज्ञप्ती समेत टासिएको थियो ।

तालाबन्दी पछि जिल्ला सिक्षा अधिकारी डिल्लीराम लुइटेलसँग क्रान्तिकारीले राखेको ६ बुदे माग पुरा गर्न बार्ता बस्ने र क्रान्तिकारी र शिक्षा कार्यालयको संयुक्त कार्यदल बनाएर अनुगमन तथा कार्यन्व्यन गर्ने गराउने सहमती भएपछी बिहिवार नै ताला खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: