गाईको श्रदाञ्जली सभा

downloadबिर्तामोड । गाई हत्याको बिरोध गर्दै आएको राष्ट्रिय हिन्दु एकता मञ्च नेपालले बिर्तामोडमा गाईको श्रदाञ्जलीसभा गरेको छ । सप्तरीको बैरवा–५ मा साउन २ गते हत्या गरिएको १३ औँ दिनको पुण्य तिथिमा बिहिवार श्रदाञ्जलीसभा गरेको हो ।

एकता मञ्चका अध्यक्ष इन्द्र प्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा शनि अर्जुन जलेश्वर धामका पुष्पराज निरौला, जगदिश प्रसाद मिण्डा, राजेन्द्र चापागाई, तिलक गिरी, सोनानाथ गौतम, मधुसुधन भट्टराई लगायतले गाईलाई श्रदाञ्जली दिदै संवोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन टिकाराम खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: