झापामा नदीले बगाएर एक वेपत्ता

jhapaझापा । कनकाई नदीमा पौडी खेल्न गएका एक किशोर बुधबार दिउसोदेखि बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख नवीन घिमिरेले दिएको जानकारी अनुसार साथीसँग पौडी खेल्न गएका कनकाई नगरपालिका–६ चम्पापुरका १५ वर्षीय कर्णबहादुर श्रेष्ठ पर्यटकीयस्थल दोमुखा नजिकैबाट कनकाई नदीले बगाएर बेपत्ता भएका हुन् ।

उनी कनकाई नदीमा पौडी खेल्न पसेलगत्तै बगेर बेपत्ता भएको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: