८० को दशककी ग्लैमरस अभिनेत्री मन्दाकिनी

mandaमुम्बई(एजेन्सी)। ८० को दशकमा ग्लैमरस अभिनेत्रीको रूपमा अफ्नो पहिचान बनाउने मन्दाकिनीक जन्म ३० जुलाई,१९६९ मा मेरठमा भएको थियो । आर के ब्यानरमा बनेको फिल्म ‘राम तेरी गंगा मैली’ देखि बलीउडमा प्रवेश गरेकी मन्दाकिनीले धेरै समयसम्म अफ्नो जलवा देखाउन सफल भएकी थिइन् ।

उनको बचपनको नाम यास्मीन जोसफ थियो । उनीले मात्र १६ बर्षको उमेरमा नै फिल्मी दुनियामा प्रवेश गरेकी थिइन् । राज कपूरले उनलाई १९८६ मा ‘राम तेरी गंगा मैली’ मा आफ्ना छोरा राजीव कपूरको साथ काम गर्ने मौका दिएका थिए ।

उनले ‘ओम’, ‘जीवा’, ‘आग और शोला’, ‘जाल’, ‘मजलूम’, ‘लोहा’, ‘प्यार करके देखो’, ‘डान्स डान्स’, ‘हवालात’, ‘परम धरम’, ‘प्यार मोहब्बत’, ‘जीते हैं शान से’, ‘शूरवीर’, ‘कमांडो’, ‘हम तो चले परदेश’, ‘मालामाल’, ‘अग्नि’, ‘नाग नागिन’, ‘कहां है कानून’, ‘आखिरी बाजी’, ‘जंगबाज’, ‘देश के दुश्मन’, ‘लड़ाई’ आदि फिल्ममा काम गरिन् ।

एउटा कोन्ट्रोवर्सीपछि आफ्नो फिल्मी करियरदेखि संन्यास लिएर उनले घर बसाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्: