आफ्नै साथीबाट मारिए नेपाली

Koreaसउल । कोरियामा एक नेपालीले आफ्नै साथीको हत्या गरेका छन् । काभ्रेका ३६ वर्षीय सुदिप राउतको सँग बस्ने साथीबाट हत्या भएको हो । सउल निजिकैको ख्यंगीदो ग्वाङजुमा रहेको फनिचर कम्पनीमा कार्यरथ भोजपुरका आफ्नै साथी ३४ वर्षीय परशुराम राईले राउतको हत्या गरेका हुन् ।

बिहीबार सँगै खाना खाई सुतेका राउतलाई सुतेकै अवस्थामा रातको करिब १२ बजे राईले काठको चिर्पटले हिर्काई हत्या गरेका थिए । हत्यापछि राई आफैले प्रहरीलाई खबर गरेको नजिकै रहेका नवलपरासीका मिलन न्यौपानेले बताएका छन् ।

यौन रोगको उपाचार गराई रहेका राई केहिदिन यता मानसिक तनावमा रहेको न्यौपानेको भनाई थियो । रोजगार अनुमति प्रणालीबाट मृतक राउत एक हप्ता अघि कोरिया प्रवेश गरेका हुन भने राई आएको दुई साता मात्र भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: