दुई ट्रक गोरु पक्राउ

timthumbबर्दिया । बर्दियाको धधवार गाउँ विकास समिती वार्ड नं. ८ स्थित वेलभार गाउँबाट शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय गुलरियाको गस्ती टोलीले दुई वटा ट्रक सहित २५ वटा गोरु पक्राउ गरी भन्सार कार्यालय गुलरियालाई वुझाएको छ ।

गोरू लोड गरिरहेको अवस्थामा ना ५ ख १०१५ र ना ४ ख १२७४ नं. को २ वटा ट्रक, भे ३ प ७७२७ र भे ३ प ३१३४ नं. को २ वटा मोटरसाईकल र ५ जना व्यक्तीलाई समेत पक्राउ गरी भन्सार कार्यालय गुलरियामा वुझाएको छोटी भन्सार कार्यालय गुलरियाका प्रमुख मनोज विकले बताए ।

३२ लाख १५ हजार अनुमानित मूल्य बराबरको सामाग्री भन्सार कार्यालयमा वुझाईएको उनले वताए । बर्दियाबाट ठूलो परिमाणमा अवैध रूपमा गोरूको कारोवार बढेपछि सरकारले गोरुको निकासी पैठारीमा रोक लगाएको प्रमुखले बताए।

गोरू लिलामको लागि प्रकृया अघि वढाएको छ भने सवारी साधन केही दिन पछि लिलामको प्रकृयामा लगिने भन्सार कार्यालय गुलरियाले जनाएको छ । पक्राउ परेका गोरूहरू भारतबाट अवैध रुपमा भित्र्याईएको विकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: