देउवासँग भेटेर के भनिन् स्वराजले

serbahadur deuwaनयाँ दिल्ली । भारतीय विदेश मन्त्री सुषमा स्वराजले नेपालमा सबै प्रकारका मुद्धा र जनसरोकारलाई सम्बोधन हुने गरी संविधान लेखिनु उपयुक्त हुने सुझाव दिंदै यस दिशामा राजनीतिक दलहरुबीच थप सहकार्य जरुरी रहेको बताएकी छिन् ।

“संविधानमा उठेका मुद्धामा जतिसक्दो संवोधन गर्ने प्रयास हुनु राम्रो हुनेछ“,पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवासाग बिहिबार अपरान्ह भेटवार्ता गर्दै विदेश मन्त्री स्वराजले भनिन्, “नेपालको दिगो शान्ती र विकासमा गर्नुपर्ने हतरहका सहयोग उपलब्ध गराउन भारत सदैव तत्पर छ, अब बन्ने संविधानले नेपालमा सामाजिक र आर्थिक स्थिरता ल्याउने एवं समुन्नतीका थप ढोका खोल्ने विश्वास भारतले लिएको छ ।“

अघिल्लो साता मात्रै दिल्ली दौडाहामा आएका एमाओवादी अध्यक्ष एवं पुर्व्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि विदेश मन्त्री स्वराजले ’संविधानमा अधिकतम सहमती समेट्न’ सुझाएकी थिइन् ।

भेटवार्तामा सहभागी सभासद एवं देउवा पत्नी डा.आरजु राणाका अनुसार विदेश मन्त्री स्वराजले नेपालका प्रमुख दलहरुबीच संविधान लेखनका दिशामा भएको समझदारी र सहमतीको सहृाअना गरेकी थिइन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: